स्कुलबसबाट खसेर बिद्यार्थीको निधन

स्कुलबसबाट खसेर बिद्यार्थीको निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ कार्तिक २०७८
  • 10.5K
    Shares

स्कुल बसको ढोकाबाट खसेर पोखरामा एक विद्यार्थीको निधन भएको छ।  पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट खसेर गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत आठ वर्षीय विद्यार्थी रोमन तामाङको भएको हो।

जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालका अनुसार, दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चोट लागेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सांकेतिक फोटो 

 

प्रतिक्रिया
सम्बन्धित समाचार