बालकहरुलाई अप्राकृतिक मैथुन गर्न बाध्य बनाएको आरोपमा पोखराबाट क्यानेडियन नागरिक पक्राउ

बालकहरुलाई अप्राकृतिक मैथुन गर्न बाध्य बनाएको आरोपमा पोखराबाट क्यानेडियन नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ७ कार्तिक २०७८
  • 12.8K
    Shares

बिभिन्न प्रलोभन देखाएर बालबालिकालाई अप्राकृतिक मैथुन गर्न बाध्य बनाएको आरोपमा पोखराबाट एक जना क्यानेडियन नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४४ वर्षीय क्‍यानेडियन नागरिक रोबर्ट किन्कले रहेका छन् ।

पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य गतिविधि गर्दै आएको सूचनाको आधारमा किन्कलेलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । अभियुक्तले तीनजना बालकहरुलाई आफ्नै साथमा राखेर यौनजन्य गतिविधि गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले अभियुक्तबिरुद्ध अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर सम्बन्धि मुद्दा चलाएको बताइएको छ।  पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार