पोखरास्थित सराङ्गकोट बहुउ’द्देश्यीय सहकारी संस्थाको अध्यक्षमा कृष्णबहादुर थापा निर्वा’चित भएका छन् । संस्थाको १५औँ साधा’रणसभा एवं छैटौँ अधि’वेशनबाट थापा अध्यक्षमा निर्वा’चित भएका हुन् । उनले यसअघि सहकारीको सचिवको जिम्मे’वारी निर्वाह गरेका थिए ।
संस्थाका उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिवमा कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा चयन भएका छन् ।
यसैगरी स’ञ्चालक सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल र तारा थापा छन् । संस्थाको लेखा समिति सं’योजक शिवबहादुर बानियाँ, शिवबहादुर थापा, मनहरि भण्डारी रहेका छन् ।
२०६३ मा स्थापित सह’कारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋ’णमार्फत ४४ करोड लगानी, ५२ करोड बचतसहित मु’नाफा एक करोड ६० लाख गरेको छ । सह’कारी आफ्नै सु’विधास’म्पन्न भवनमा स’ञ्चालित छ ।
यसअघि गण्डकी प्र’देशका भौ’तिक पू’र्वाधार शहरी वि’कास तथा सा’माजिक मन्त्री कुमार खड्काले सा’धारणसभाको उ’द्घाटन गरेका थिए। त्यस अवसरमा मन्त्री खड्काले सह’कारीहरुमा खाता खोल्न सजिलो हुने तर त्यहाँ व्य’क्तिको प’हुँचमा कडाई हुने गरेकोमा आ’पत्ति जनाउदै यसलाई उचित नियम बनाई सबैको सहज हुने कार्य हुनुपर्ने बताए ।
संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका प्रबन्ध निर्देशक, पूर्वअध्यक्ष शुशीलराज पराजुली, सल्लाहकार शोभियतबहादुर अधिकारी, सल्लाहकार ईन्द्रकमल मानन्धर, निर्वाचन संयोजक चिन्तामणि बाँस्तोला, गणेशबहादुर अधिकारी, सम्मानित व्यक्तित्व हेडम्बराज पराजुली, सल्लाहकार दुर्गाबहादुर सुनार, उपाध्यक्ष वसन्तबहादुर बानिया, सचिव कृष्ण थापा, कोषाध्यक्ष मिनबहादुर अधिकारी, व्यवस्थापक सुरेन्द्र थापा, ऋण समिति संयोजक रामचन्द्र थापा, शिक्षासमिति संयोजक विकल पौडेल, महिला समिति संयोजक आरती श्रेष्ठ, सञ्चालक सदस्य रमेशकुमार थापा लगायतले संस्थाको विविध गतिविधिमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाको विकास तथा सामाजिक क्षेत्रमा पुयार्एको कदरस्वरुप समाजसेवी सम्मान हेडम्बराज पराजुली, कर्मचारीतर्फ शुशीला परियार, डोल्मा तामाङ्ग, कारोबारतर्फ ध्रुवकुमार सुनचौरी र मौना परियार दर्जीलाई स’म्मान गरिएको थियो ।