चर्को आवाज निकाल्दै हुइकिएको क्रस फायर क्र्याप्झ्याप, सात हजार रुपियाँ जरिवाना

चर्को आवाज निकाल्दै हुइकिएको क्रस फायर क्र्याप्झ्याप, सात हजार रुपियाँ जरिवाना


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १७ भाद्र २०७८
  • 4.9K
    Shares

चर्को आवाज निकाल्ने क्रस फायर मोटरसाइकल

छेवैबाट मोटरसाइकल गोलीको आवाज आए जस्तो गरेर पटटट पार्दै हुइकिदा धेरैको साटो समेत जाने गरेको छ।  ध्वनि प्रसुशन हुने गरी सवारी साधन चलाउन पाइदैन।  तर पोखरामा केही युवाहरु चर्को आवाजमा मोटरसाइकल चलाउनुलाई आफ्नो शोखको रुपमा लिन्छन। पोखराका केही मोटरसाइकल वर्कशपहरु ती युवाहरुले भने जस्तै गरेर सालेंसर पाइप झिकिदिन्छन र युवाहरुले चाहे जस्तो चर्को आवाज आउने बनाइदिञ्छन।

ठिक त्यसै गरेर चर्को आवाज आउने गरी गत शनिबार पोखरा महानगरपालिका -१४ भोटेचौतारा एरियामा हुइकिएको एक क्रस फायर मोटरसाइकललाई नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको छ।

प्र. -२-०२३- प. ४१०० नं. को क्रस फायर मोटरसाइकललाई  वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई जरिवाना तिराएर छाडेको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको उक्त मोटरसाइकललाई आवश्यक कारवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएकोमा कार्यालयले सात हजार जरिवाना गरी पठाएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ। साथै, जरीवाना तिरे पश्चात सवारी धनीलाई बुधबार मोटरसाइकल जिम्मा लगाइएको छ।

त्यसो त प्रहरीले दैनिकजसो ट्राफिक चेकिङ्ग गरिरहेको हुन्छ।  तर त्यस्ता मोटरसाइकल कमै समातिएका हुन्छन।  करीब एक महिना अघि विश्व हिन्दु युवा महासंघको युवा संगठन शिव सेना नेपालले एमसीसीका बिरुद्ध गरेको बिरोध प्रदर्शनका क्रममा प्रयोग भएका चर्को आवाज निकाल्ने झन्डै एक दर्जन मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार