चार करोड रुपियाँभन्दा धेरै मूल्यको कोकिनसहित १३ जना पक्राउ

चार करोड रुपियाँभन्दा धेरै मूल्यको कोकिनसहित १३ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १९ साउन २०७८
  • 8.6K
    Shares

चार करोडभन्दा धेरै मूल्यको कोकिनसहित पक्राउ

झन्डै चार करोड रुपियाँ बराबरको लागु औषध कोकिन सहित प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले तयति ठुलो परिमाणमा लागु औषध कोकिन सहित १३ जनालाई काठमाण्डौको बिभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले  एक किलो पांच सय १२ ग्राम कोकिन पनि बरामद गरेको छ।

प्रहरीका अनुसार,  काठमाडौंको पकनाजोलको एक होटलबाट साउन ७ गते पक्राउ परेका चार जनाको साथबाट  प्रहरीले उनीहरुको साथबाट पांच सय ग्राम कोकिन बरामद गरेको थियो । पक्राउ परेका मध्ये मन गुरुङको डेरा खानतलासी गर्दा २ किलो ४ सय ग्राम सुन समेत फेला पारेको व्युरोका प्रमुख एसएसपी हृदय थापाले जानकारी दिए । प्रहरीले बरामद गरेको सुन नक्कली भएको पुष्टि भएको छ ।

चितवन भरतपुर महानगरपालिका ७ बाट प्रहरीले साउन १० गते गोरखा बारपाक घर भएका ४५ वर्षीय सुरोज गुरुङलाई भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो। उनी पक्राउ परे लगत्तै अन्य अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीको दाबी छ।

प्रहरीले अञ्जु थापा मगरलाई ३ सय २९ ग्राम कोकिन र ७ लाख ५० हजार सहित पक्राउ गरेको थियो । त्यस लगतै थप अनुसन्धान गर्दा रानीवारी बस्ने मुना तामाङ र रक्की आले मगरलाई नियन्त्रणमा लिएको व्युरोले जनाएको छ ।

साउन ११ गते प्रहरी काठमाडौं रानीबारीबाट नै रोयल थापा मगर, टोखाबाट सन्दीप पटेल, मिराज ढकाललाई नियन्त्रणमा लिएको र त्यसपछि सुदन शाक्य र मछिन्द्र धमला पक्राउ परेको व्युरोको भनाई छ । बरामद गरेको कोकिनको बजार करिव साढे चार करोड रुपैया रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार