बाग्लुङको गलकोटमा बस दुर्घटना : ११ जना यात्रु घाइते

बाग्लुङको गलकोटमा बस दुर्घटना : ११ जना यात्रु घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १८ साउन २०७८
  • 7.1K
    Shares

बस दुर्घटना

काठमाण्डौंबाट बुर्तिबाङतर्फ जाँदैँ गरेको बस बाग्लुङ जिल्लाको गलकोट नगरपालिका १ चौराहमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।

बा ५ ख १५५३ नम्बरको बस सोमवार विहान मध्यपहाडी लोकमार्गको गलकोट चौराहमा दुर्घटना हुँदा बसमा सवार २२ जना मध्ये ११ जना घाइते भएका हुन् ।

दुर्घटनामा परि बागलुङ ढोरपाटन नगरपालिका शेराका वर्ष ४२ की पवित्रा खत्री, गल्कोट नगरपालिका ३ गणेशचोकका वर्ष ७३ को हरीलाल खत्री, गुल्मीको मुसिकोट गाउँपालिका ९ बार्सीकोटका २७ वर्षीय गिरीबहादुर परियार, मुसिकोट नगरपालिका २ का वर्ष ३३ को राजकुमार कुवर, सोही स्थानका वर्ष ३० की तारा थापा र नवलपारासी सुनौल नगरपालिका ३ आसामबासीका वर्ष ४८ कि तारा पुन रहेको जनाईएको छ ।

यसैगरी, बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर २ का वर्ष १७ को विष्णु थापा, भारत घर भई हाल गुल्मी बस्ने वर्ष १९ को अनिल कुवर, वर्ष २५ का जिलाजित शर्मा, दिलदिप साहनी, बागलुङ वडिगाड गाउँपालिका ६ सिमलचौरका वर्ष ३९ का टेक बहादुर राना छन् ।

घाइते सबैलाई धौलागिरी अस्पताल बागलुङ ल्याइएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रबक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी)इकवाल हवारीले जानकारी दिए।  बसको ब्रेक फेल भई सडकको कुनामा बस ठोकिन पुगेको डिएसपी हवारीले बताए।

बसका चालक चित्रबहादुर खड्कालाई पक्राउ गरी आबश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार