सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सात जनाको गिरोह पोखराबाट पक्राउ

सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने सात जनाको गिरोह पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १५ साउन २०७८
  • 6.5K
    Shares

सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने गिरोह

सुन भन्दै पहेँलो धातु देखाई ठगी गर्ने गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने  सदस्यहरुमा पक्राउ पर्नेहरुमा म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं. ३ राखु घर भई हाल पोखरा वडा नं. २ मिरुवा बस्ने ४२ वर्षीया बिमला दमाई, रुपन्देही जिल्ला देबदह नगरपालिका वडा नं. ५ नमुनाटोल घर भई हाल पोखरा ५ फिर्केपुल बस्ने ३५ वर्षीय विशाल थापा मगर, कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुर घर भई हाल पोखरा २ मिरुवा बस्ने ४४ वर्षीय गणेशबहादुर दर्जी र रामेछाप जिल्ला सुकाजोर नगरपालिका वडा नं. ७ वृता घर भई हाल पोखरा १० रामबजार बस्ने २३ वर्षीया अनिल भुजेल रहेका छन् ।

त्यस्तै यसैगरी पक्राउ पर्नेहरुमा सर्लाही जिल्ला बागमती नगरपालिका वडा नं. १ डापडाँडा घर भई हाल पोखरा १० रामबजार बस्ने ४२ बर्षीय ईन्द्रबहादुर बलम पाकी, चितवन टाडी नगरपालिका वडा नं. २ घर भई हाल पोखरा ८ सिर्जनाचोक बस्ने ३४ बर्षीय भुवन विक र चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ९ घर भई हाल पोखरा १० रामबजारस्थित कृष्णमन्दिर नजिकै बस्ने ३५ बर्षीय प्रकाश परियारलाई पनि सुन भनेर पहेको धातु देखाएर ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

उनीहरुमध्ये भुवन बिक पोखरा महानगरपालिका वडा नं. ८ सिर्जनाचोकस्थित पर्वत सुनचाँदी पसलमा काम गर्ने कालिगढ रहेको बताइएको छ।

सुनचाँदी पसलमा काम गर्ने कालिगढ भुवन विक लगायतको गिरोह सुन भनेर पहेलो धातु देखाई ठगी गर्न हिडेको सुचना पाएको प्रहरिले  बुधबार दिउँसो ४ बजे पोखरा वडा नं. २ मिरुवाबाट नक्कली सुनसहित पक्राउ गरेको हो ।

प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर २ मिरुवास्थित बिमला दमाईको कोठाबाट सुन जस्तो देखिने पहँेलो धातु र विभिन्न कम्पनीको मोवाईल ७ थान बरामद समेत गरिएको जानकारी दिएको छ ।प्रहरीले बरामद गरेको छसय ५४ ग्राम पहेँलो धातु सुनचाँदी व्यवसायी संघ कास्कीमा परीक्षण गर्दा नक्कली भएको पत्ता लागेको थियो ।

नक्कली सुन बोकेर मानिसलाई झुक्याई बेचबिखन गर्ने उद्देश्य एवं षडयन्त्र गरेको भन्दै कास्की प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, अपराधिक, विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार