७९ ग्राम ब्राउन सुगरसहित पर्साबाट वडासदस्यसहित वडाध्यक्ष अमेरिका पक्राउ

७९ ग्राम ब्राउन सुगरसहित पर्साबाट वडासदस्यसहित वडाध्यक्ष अमेरिका पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ४ साउन २०७८
  • 8.5K
    Shares

वडाध्यक्ष अमेरिका सहनी

७९ ग्राम ब्राउन सुगरसहित पर्साबाट एक जना वडाध्यक्ष पक्राउ परेका छन्। पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका– १ का वडाध्यक्ष ‘अम्बिका’ भनिने अमेरिका सहनीसहित तीनजना लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले वीरगञ्जबाट पोखरियातर्फ जाँदै गरेका ४० वर्षीय बलिष्टर सहनी र ५१ वर्षीय रामआदेश सहनीलाई साउन ३ गते राति साढे १० बजे  पक्राउ गरेको हो।  बलिष्ट वडासदस्य पनि हुन् । प्रहरीले उनीहरुको साथ्बाट लागुऔषधसहित मोटरसाइकल पनि बरामद गरिएको छ ।

प्रहरीका अनुसार, वडाध्यक्ष अमेरिकाले चलाएको ना १ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर नजिकै खैरो हेरोइन फेला परेको थियो। उनीसँगै बलिष्टर ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चलाएर पोखरिया जाँदैथिए भने राम आदेश वडा सदस्यको मोटरसाइकलको पछाडि बसेर थिए। उनीहरु तीनै जनाविरुद्ध लागु औषध मुद्दामा आवश्यक कारबाही शुरू गरिने प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वडा सदस्य बलिष्टर १ वर्ष अघिमात्रै लागुऔषध गाँजा मुद्दामा धरौटीमा छुटेका थिए भने वडाध्यक्ष अमेरिका पनि विभिन्न गैरकानुनी तथा अपराधिक गतिविधिमा संलग्न भएको रेकर्ड प्रहरीसँग छ।

प्रतिक्रिया
सम्बन्धित समाचार