खेत जोत्ने क्रममा ट्याक्टर पल्टिदा चितवनमा ट्याक्टर चालकको मृत्यु भएको छ ।
ना ४ त ३१५२ नम्बरको ट्याक्टर पल्टिदा चालक भरतपुर महानगरपालिका–५ कैलाशनगर निवासी ३४ वर्षीय सन्दीप मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रहरीका अनुसार, उनले स्थानीय चन्द्र सिग्देलको खेत जोत्दै गर्दा आज विहान ८ बजे ट्याक्टर पल्टिएको थियो र सोही ट्याक्टर ले उनलाई च्यापेको थियो।
दुर्घटनामा गम्भिर घाइते भएका ट्याक्टर चालक मगरको भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।