माछा मार्न ह्युमपाइपभित्र पसेका युवक मृत भेटिए

माछा मार्न ह्युमपाइपभित्र पसेका युवक मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ असार २०७८
  • 8.9K
    Shares

माछा मार्ने क्रममा ह्यूम पाईपमा छिरेका लाल बहादुर श्रेष्ठ मृत

चितवनमा माछा मार्न ह्युम पाइपभित्र छिरेर वेपत्ता भएका व्यक्ति मृत अवस्थामा भेटिएका छन्।

भरतपुर महानगरपालिका ३ बाह्रघरे स्थित सडकको नालाबाट नारायणी किनारामा ढल निकाशाको लागि गाडिएको ह्यूम पाईपभित्र छिरेका ३५ वर्षीय लाल बहादुर श्रेष्ठ मृत अवस्थामा भेटिएका हुन्।

माछा मार्न ह्युम पाइपभित्र पसेका उनी बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरिएको थियो ।

आज १२ः२५ बजे ह्युम पाइपभित्र श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रहरीले डोजरको सहायतामा श्रेष्ठको शव फेला पारेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार