ब’लज’फ्ती बे’श्यावृ’त्ति गराउन खोज्ने होटल संचालिकासाहित दुई जना पोखराबाट पक्राउ

ब’लज’फ्ती बे’श्यावृ’त्ति गराउन खोज्ने होटल संचालिकासाहित दुई जना पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, २४ असार २०७८
  • 13.7K
    Shares

बेश्यावृत्ति गराउन खोज्ने होटल संचालिका

ब’लज’फ्ती बे’श्यावृ’त्ति गराउन खोज्ने होटल संचालिकासाहित दुई जना पोखराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.-१०, पेन्सन क्याप स्थित दुची मार्ग स्थित मुना होटलको संचालिका गौमती गुरुङ र सोहि होटलमा खाना बनाउने काम गर्नेे आईतीमाया गुरुङ छन्।  उनीहरुलाई वडा प्रहरी कार्यालय रामबजार पोखराको प्रहरी टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी सुवास हमालले पक्राउ परेका  पोखरा १० रामबजारकै ५३ वर्षीया गौमती गुरुङ र कास्कीकै रुपा गाउँपालिका १०, हंसपुर घर भई हाल रामबजार बस्ने ४० वर्षीया आइतीमाया गुरुङलाई मानव बे’चबि’खन आरोपमा पक्राउ गरिएको जानकारी दिए ।

‘सुरुमा राम्रै व्यवहार गरेर खाजा नास्ता वितरण गर्ने काममा लगाएका रहेछन् । तर, एक दुई दिनमै त्यहाँ आउने ग्राहकसँग पैसा लिएर यौनकर्म गर्न बाध्य पारेको खुलेको छ’ डीएसपी हमालले भने, ‘उनीहरुलाई पक्राउ गरेर मानव बे’चबि’खन तथा ओ’सारप’सार मुद्दामा अनु’सन्धान भइरहेको छ । उनले बुधबार नै पाँच दिनको म्याद थप गरी अनु’सन्धान अघि बढाएको बताए । पी’डित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको हमालले जानकारी दिए ।

प्राप्त विवरण अनुसार, आर्थि’क स्थिति क’मजोर भएका कारण १७ वर्षीय दीपा (नाम परिवर्तन) रोजगारको खोजीमा थिइन् । पोखरामा राम्रो ठाउँमा काम पाए दु:खजिलो भए पनि केही सहज हुन्थ्यो कि भन्ने उनको चाहना थियो ।

जागीरको खोजीमै रहेको बेला उनको भेट पोखरा १० रामबजारकी आइती माया गुरुङसँग भयो । आइतीमायाले आफूले चिनेको एक होटल रहेको र त्यसैमा काम लगाइदिने वाचा गरिन् । कामको खोजीमा भौं’तारिएकी दीपाले प्रस्ताव स्वी’कारिन् र काममा लागिन् ।

रामबजारकै एक होटलमा काममा गएकी उनलाई पहिले होटल सञ्चालिका गौमती गुरुङले पनि राम्रै व्यवहार देखाइन् । काम पाएकोमा उनी पनि खुशी भइन् । तर, काममा गएको दुई दिनमै होटल सञ्चालकसमेत रहेकी गौमतीको व्यवहार फेरिन थाल्यो ।

होटलमा खाजा खान आएका ग्राहकसँग ब’लज’फ्ती नजिक हुन लगाइन् । साहुनीको १२ दिनमै व्यवहार फेरिएपछि दीपाले प्रति’वाद गर्न थालिन् । तर, साहुनी मान्नेवाला थिइनन् ।

काममा गएको दुई दिनमै ग्राहकसँग शारी’रिक स’म्पर्क राख्न दीपालाई बाध्य पारियो । आफूमाथि यौ’न शो’षण भएपछि उनले वडा प्रहरी कार्यालयमा उजुरी दिइन् र उनको उजुरीका आधारमा प्रहरीले बुधबार दुई जनालाई प्रक्राउ गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार