युरोकप र कोपा अमेरिका कपमा सट्टेबाजी खेलाउने १८ वर्षीय किशोर पोखराबाट पक्राउ छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. २७ तालचोक बस्ने बर्ष १८ को सुलभ सुवेदी रहेका छन्।
उनलाई प्रहरीले पोखराको लेकसाइडस्थित एक होटलबाट पक्राउ गरेको हो।
युरोप र दक्षिण अमेरिकामा भईरहेको युरोकप २०२० र कोपा अमेरिका को फुटवल खेलमा सट्टेवाजी भईरहेको सुचना पाएपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको बताइएको छ। ती किशोरले टोलीले अनलाईन (भाईबर, ह्वाट्सएप) मार्फत सट्टेवाजी गराउने गरेको प्रहरीले जानकारी दिएको छ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका शुलभबिरुद्ध सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता बिरुद्धको कसुर अन्तरगत सट्टेवाजी गर्न नहुने मुद्धामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।