वैदेशिक रोजगार एजेन्टको गोली हानी हत्या गरेर भागेका कुर्मी सवा तीन वर्षपछि पक्राउ

वैदेशिक रोजगार एजेन्टको गोली हानी हत्या गरेर भागेका कुर्मी सवा तीन वर्षपछि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १९ असार २०७८
  • 5.2K
    Shares

पशुपति कुर्मी

वैदेशिक रोजगार एजेन्टको गोली हानी हत्या गरेर भागेका एक व्यक्तिलाई प्रहरीले झन्डै सवा तीन वर्ष पछि भारतको महाराजगञ्ज नगरपालिका–१० हर्दौना स्थित नेपाल भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-१ साविक गणेहपुर गाविस–१) का ५० वर्षीय पशुपति कुर्मीलाई नेपाल भारत सीमावर्ती क्षेत्रमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

अभियुक्त कुर्मीले बैदेशिक स्वरोजगार एजेन्ट कपिलवस्तु कृष्णनगर नगरपालिका-१० का ५५ वर्षीय पारस पुरीलाई २०७५ चैत १७ गते राति साढे ९ बजे गोली हानी हत्या गरेर भागेको प्रहरीले जानकारी दिएको छ।

हत्या पछि फरार अवस्थामा रहेका कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा आरोपीको पहिचान खुलेपछि प्रहरीले कुर्मीलाई हिरासतमा लिएको छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता धर्मराज भण्डारीले दिएको जानकारी अनुसार, कुर्मीका छोरालाई बहराइनमा वैदेशिक रोजगारमा पठाउने भन्दै एजेन्ट पुरीले एक लाख १५ हजार रूपैयाँ लिएका थिए । तर विदेश पठाएपछि उनका छोराले भनेजति तलब र काम पाएनन् ।

विदेशमा पिडित बनेपछि कुर्मीले एजेन्टसँग विदेश जानु अघि लिएको लागत फिर्ता माग्दा पैसा फिर्ता नपाएपछि भारतमा बसेर मार्ने योजना बनाएका थिए । योजनापछि नेपाल आएका कुर्मी सहित अरु दुई जनाले पुरीको घरमा पुगेर पैसा फिर्ता माग्दा पैसा नदिएपछि कटुवा पेस्तोलले हानेर हत्या गरेर फरार भएका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न अन्य दुई जनाको खोजि भईरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार