जग्गा किर्ते मुद्दामा फरार भट्ट पांच बोरा फर्जी ब्लुबुक र प्रमाणपत्रसहित काठमाडौंबाट पक्राउ

जग्गा किर्ते मुद्दामा फरार भट्ट पांच बोरा फर्जी ब्लुबुक र प्रमाणपत्रसहित काठमाडौंबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ असार २०७८
  • 5.3K
    Shares

arrest

पांच बोरा फर्जी ब्लुबुक र प्रमाणपत्रसहित काठमाडौंको शान्तिनगरबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा लमजुङ घर बताउने कमलबावु भट्ट रहेका छन्।

महानगरीय अपराध महाशाखाको टोलीले भट्टलाई सोमबार साँझ शान्तिनगर स्थित नरेन्द्रकान्छा चोकबाट पक्राउ गरेको हो । उनको फ्ल्याटबाट प्रहरीले पाँच  बोरा फर्जि ब्लुबुक र प्रमाणपत्रहरु  बरामद गरिएको प्रहरीले दाबी गरेको छ । भट्टबारे अनुसन्धान भइरहेको अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।

भट्ट वीरगञ्जको जग्गा किर्ते मुद्दामा पनि फरार छन् । वीरगञ्ज महानगरपालिका–५ स्थित मुख्य सडकसँग जोडिएको स्वर्गीय कमल देवी भण्डारीको ५ कठ्ठा १५ धुर र ९ कन्वामा बनेको घरसहितको जग्गा भट्टको समूहले किर्ते गरेर नामसारी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मुद्दामा जिल्ला अदालत पर्साले मालपोत कार्यालय पर्साका प्रमुख सुमन झा, जग्गा कारोबारी विश्वास तिवारी र मुख्य योजनाकार केवल प्रताप जबरा समेत ५ जनालाई ०७७ पुस २ मा पुर्पक्षमा राख्ने आदेश गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार