आफ्नै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ध’म्क्याएर १५ लाख फि’रौती माग गर्ने एक जना कार्यालय सहयोगीलाई प्रहरीले प’क्राउ गरेको छ।
प’क्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया टोल घर भै हाल सोही गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत २८ वर्षीय मुकेशप्रसाद यादव रहेका छन्।
प्रहरीका अनुसार, अभि’युक्त यादबले आफनी हाकिम सुवर्ण गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकी’य अधिकृत नवीनकुमार श्रीवास्तवलाई अपरि’चित नम्बरबाट फोन गरी एक घण्टाभित्र १५ लाख रुपैयाँ दिन भनेका थिए। उक्त रकम नदिए गो’ली हानी ह’त्या गर्नेसमेत यादवले अधिकृत श्रीवास्तवलाई ध’म्की दिएको प्रहरीले जनाएको छ।
फोनको अडियो रेकर्डसहित प्रशासकीय अधिकृत श्रीवास्तवले प्रहरी कार्यालयमा उ’जुरी दिएका थिए । अनु’सन्धानको क्रममा यादवको संल’ग्नता देखिएपछि प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । अभि’युक्त यादबले आफ्नै हाकिम श्रीवास्तवलाई ध’म्क्याउन प्रयोग गरेको मोबाइल सिम कार्ड अन्य व्यक्तिलाई फोन गर्नमा प्रयोग नगरेको तथ्य प्रहरीले फेला पारेको छ। यादवले घ’टनामा भारतीय आफन्तको समेत प्रयोग गरेको खुल्न आएको प्रहरीको दाबी छ।
फि’रौती मागेको अडियोसहितको सूचनाबाट अनु’सन्धान गर्दै जाँदा ती युवकलाई प’क्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए। यादवलाई आपरा’धिक लाभ मुद्दामा थप अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए।
‘