निषेधाज्ञाको उल्लङ्घन गरेको आरोपमा स्थानीय प्रशासनले काठमाण्डौको एक होटललाई चार लाख रुपियाँ जरिवाना गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डौले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेश होटलका सञ्चालक अश्विल श्रेष्ठलाई निषेधाज्ञाको उल्लङ्घन गरेर होटल खोलेको आरोप लगाएर चार लाख रुपैयाँ जरिवाना तिराएको हो ।
निषेधाज्ञाको समयमा सेवाग्राही बनेर गएका आठ जनाले होहल्ला गरेपछि प्रहरी त्यस होटलमा पुगेको थियो। त्यसपछि होटल संचालाक्सहित नौ जनालाई प्रहरीले पक्राउ गरेर आबश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाएको थियो।
होटल संचालकलाई चार लाख रुपियाँ जरिवाना तिराएको जिल्ला प्रशासन कार्यालय काठमान्डौले आठ जना सेवाग्राहीलाई प्रति व्यक्ति १५ हजार रुपियाँ जरिवाना तिराएर छाडेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
यस अघि पनि जिल्ला प्रशासन कार्यालय काठमाण्डौले निषेधाज्ञा उल्लङ्घन गरेर डिपार्टमेन्टल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरका म्यानेजरलाई जरिवाना असुलेको थियो।
यसअघि तोकिएको समयभन्दा बाहिर पनि स्टोर खोलेको भन्दै कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्टर स्टोरका म्यानेजरलाई पनि जरिवाना तिराइएको थियो ।
प्रशासनले लगाएको निषेधको आदेश उल्लंघन गरे व्यक्तिलाई १ लाख र संस्थालाई ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूने व्यवस्था छ ।