पोखरा, २१ माघ २०८२।
जेन जी आन्दोलनका क्रममा पोखराबाट लुटिएको अत्याधुनिक हतियार इन्साससहित दुई जना पक्राउ परेका छन्।
जेन जी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट लुटिएको अत्याधुनिक हतियार इन्सास पोखरा महानगरपालिका वडा नं. २ भिमसेन टोल स्थित ईन्द्र बहादुर भारीको घर टहरोमा लुकाई छिपाई राख्ने दुई जना पक्राउ परेका हुन्रा।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर २ अर्चलबोट बस्ने भारतीय नागरिक वर्ष १८ को राज कुमार र महोत्तरी स्थायी घर भई हाल पोखरा. ९ नयाँबजार बस्ने वर्ष १८ को रवि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय कास्कीबाट लुटिएको उक्त RIFLE 5.56 mm M3226 लेखिएको ईन्सास राइफल इन्द्रबहादुर भारीको घर टहरोमा रहेको दाउराको खलियोमा लुकाई छिपाई राखेको अवस्थामा भेटिएको प्रहरीले जिकिर गरेको छ।
पक्राउ पर्रेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट हातहतियार खरखजना सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाइवको प्रहरीले जनाएको छ।