लाहुरे हुन भारत गएका म्याग्दीका धनबहादुर ५५ वर्ष पछि घर फर्किए

लाहुरे हुन भारत गएका म्याग्दीका धनबहादुर ५५ वर्ष पछि घर फर्किए


  • हरिकृष्ण गौतम
  • मंगलबार, २० माघ २०८२
  • 8.2K
    Shares

पोखरा, २० माघ २०८२।

म्याग्दीका एक व्यक्ति घर छोडेर बेपत्ता भएको ५५ वर्ष पछि घर फर्किएका छन।

२१ बर्षको हुँदा ‘लाहुरे हुने’ भन्दै घरबाट हिडेका म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङका धनबहादुर तुलाचन ५५ बर्षपछि घर फर्किएका हुन् ।

त्यति बेला मल्कबाङबाट ठाडाखानी हुदै बेनी आएर पैदलयात्रा तथा सवारीसाधनको प्रयोग गरी भारत पुगेको धनबहादुरको भनाई छ । भारत पुगेपछि एउटा खुट्टामा चोट लागेर लामो समय आराम गर्नुपरेको र घर फर्किने अवस्था नबनेपछि आफु उतै बस्नु परेको धनबहादुरले बताए।

धनबहादुरका दुई छोरा छन् । धनबहादुर बेपत्ता भएपछि परिवारले खोजीका लागि निकै संघर्ष गरेको थियो । यसैबिच भारतको हिमाञ्चल प्रदेशको कुल्ली मुनाली भन्ने ठाउँमा स्याउ बगैंचामा काम गर्ने तुलाचन एकसाता अगाडी आफ्ना साहिला दाई कृष्णप्रसाद तुलाचनको सम्पर्कमा आएका थिए ।

कतै नभेटिएपछि परिवारले नै माया मारिसकेको अवस्थामा फर्किएपछि घरमा खुसीयाली छाएको छ । मंगला गाउँपालिका–५, पाखु बस्ने ८२ बर्षिय कृष्णप्रसाद आश मारेको भाइ घरमा टुलुक्क आउँदा सपनाजस्तै लागेको बताउछन। उनी भन्छन,”बुढेशकालमा नसोचेको खुसी फर्कियो। ’

यतिबेला धनबहादुरलाई नागरिकता बनाइ दिन दाई कृष्णप्रसाद आवश्यक प्रक्रियाका लागि सदरमुकाम बेनी आएका छन्।

प्रतिक्रिया