गएराती श्रीमतीको हत्या गरेर मोरङको रङ्गेलीमा श्रीमानले गरे आत्महत्या

गएराती श्रीमतीको हत्या गरेर मोरङको रङ्गेलीमा श्रीमानले गरे आत्महत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, २० माघ २०८२
  • 5.8K
    Shares

पोखरा, २० माघ २०८२।

मोरङको रङ्गेलीमा गएराती एक युवाले ससुरालीमा श्रीमतीको हत्या गरेपश्चात आफूले पनि आत्महत्या गरेका छन्।

रङ्गेली नगरपालिका–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोमबार राती रङ्गेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर अन्दाजी २१ वर्षीया श्रीमती अम्बिकाकुमारी मण्डलको हत्या गरेर आफुले पनि आत्महर्या गरेका छन्को।

सोमबार बेलुका धनपट्टीस्थित ससुराली पुगेका मुकेशको घरेलु कुरामा विवाद भए पछि श्रीमती अम्बिकाकुमारीलाई कुटपिट गर्दै चक्कुले हानेर हत्या गरेपछि सोही चक्कुले आफूले पनि घाँटी रेटेर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। पतिले चक्कुले प्रहार गर्दा अम्बिकाकुमारीको घटनास्थलमै मृत्यु भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार पत्नीको मृत्यु भएपछि मुकेशले पनि त्यही चक्कुले आफ्नो घाँटी रेटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको वास्तविक कारण तथा अन्य पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी लामिछानेले बताए । उनले थप अनुसन्धानपछि मात्रै घटनाको पूर्ण विवरण सार्वजनिक गर्न सकिने उल्लेख गरे ।

प्रतिक्रिया