“हामीलाई भोट नदिने भए” भन्दै पुराना पार्टीका कार्यकर्ताले बझाङमा बाटो पुरिदिए

“हामीलाई भोट नदिने भए” भन्दै पुराना पार्टीका कार्यकर्ताले बझाङमा बाटो पुरिदिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १९ माघ २०८२
  • 8.1K
    Shares

काठमाडौँ, १९ माघ २०८२।

बझाङको छबिस पाथिभरा वडा नम्बर ७ मा रास्वपाको माहोल देखेर आत्तिएका पुराना पार्टीका केही कार्यकर्ताहरूले “हामीलाई भोट नदिए हाम्रो नेताले बनाएको बाटो पुरिदिन्छौँ” भन्दै ठूला–ठूला ढुंगाले कच्ची सडक अवरुद्ध गरेछन्।
सडक बन्द भएपछि सर्वसाधारण जनता दुःख पाउने अवस्था आएपछि अहिले स्थानीयहरू आफैँ लागेर बाटोको अवरोध हटाउँदै छन्।

उक्त घटनासम्बन्धमा गाउँपालिका अध्यक्ष बसन्तबहादुर चलाउनेसंग सम्पर्क गर्दा उक्त घटनाबारे सामाजिक संजालमा आएको फोटो हेरेर आफुले थाहा पाएको र त्यस लगत्तै वडाध्यक्षले “त्यस्तो गर्न नपाइने र यदि गरेको पाइएमा कानूनी कारबाही हुने भन्दै जवाफ फर्काएको पाएको बताए।

राजनीति आफ्नो ठाउँमा होस्, तर जनतालाई दुःख दिने अधिकार कसैलाई छैन।

हेमराज जोशीको फेसबुकबाट

प्रतिक्रिया