पोखरा , १९ माघ २०८२ ।
आफूसंगै चुनाब प्रचार अभियानमा रहंदा बेहोश भएर मृत्यु भएका पत्रकार दिनेश सिटौलालाई सम्झिएर काठमाण्डौ महानगरका निवर्तमान मेयर बालेन शाहले आफ्नो सामाजिक संजालमा एउटा भाबुक स्टाटस लेखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष सिटौलाको निधनप्रति दु:ख प्रकट गरेका छन्।
बालेनकै चुनावी अभियानमा सहभागी भएका बेला यही माघ १६ गते बिहान अछाममा बेहोस भएका सिटौलालाई थप उपचारका त्यही दिन काठमाडौँ ल्याई ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो।
तर उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो।
उनको तस्बिरसहित प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘अलबिदा दिनेश सिटौला। नेपाली फिल्मको अभिभावक अनि मेरो हितैषी मित्र। तपाईंको अभाव सधैँ खड्किनेछ।’