मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउनेमा एकाबिहानै बस पल्टिँदा ३८ जना घाइते

मुग्लिन–नारायणगढ सडकखण्डको घुमाउनेमा एकाबिहानै बस पल्टिँदा ३८ जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, १६ माघ २०८२
  • 3.2K
    Shares

पोखरा , १६ माघ २०८२।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमको घुमाउने भन्ने स्थानमा आज एकाबिहानै बस पल्टिँदा ३८ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौंतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको रात्री बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमै पल्टिएर दुर्घटनाग्रस्त हुँदा ३८ जना घाइते भएका हुन्।

दुर्घटनाग्रस्त बसबाट घाइतेहरुको उद्धार गरेर उपचारका लागि भरतपुरस्थित बिभिन्न अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिएको छ।

मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिङ ६ जना घाइतेहरुको उपचार भइरहेको छ । यस सम्बन्धी थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया