मन्त्रीपरिषदद्वारा राष्ट्रपति पौडेलको जापान भ्रमण कार्यक्रम स्वीकृत, नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय

मन्त्रीपरिषदद्वारा राष्ट्रपति पौडेलको जापान भ्रमण कार्यक्रम स्वीकृत, नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १५ माघ २०८२
  • 6K
    Shares

प्रधानमन्त्री सुशिला कार्कीको अध्यक्षतामा बसिरहेको मन्त्रीपरिषद बैठक

पोखरा १५ माघ २०८२।

मन्त्री परिषद बैठकको निर्णय सुनाउदै सरकारका प्रबक्ता ओमप्रकाश अर्याल

मन्त्री परिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण कार्यक्रम स्वीकृत गरेको छ भने नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए ।

मन्त्री परिषदको निर्णय अनुसार , राष्ट्रपति रामचन्द्र पौडेल सहभागी रहने प्रतिनिधिमण्डल आगामी माघ १८ (आइतबार) गते देखि २१ गतेसम्म जापान भ्रमणमा जाने छन् । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडलले त्यसतर्फ जान लागेका हुन् ।

आजै बसेको सोही बैठकले आगामी फागुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीको रासन स्केल र दैनिक रकम वृद्धि गर्ने निर्णय भएको हो । तर, कति रकम वृद्धि गरिएको भन्नेबारे जानकारी उनले गराएका छैनन् ।

प्रतिक्रिया