काठमाडौंको मुलपानीमा गएराती प्रहरीले गोली चलायो : दुईप्रहरीसहित तीन घाइते, १० जना पक्राउ

काठमाडौंको मुलपानीमा गएराती प्रहरीले गोली चलायो : दुईप्रहरीसहित तीन घाइते, १० जना पक्राउ


  • जन संचार
  • बिहिबार, १५ माघ २०८२
  • 3.8K
    Shares

पोखरा १५ माघ २०८२।

 काठमाडौंको मुलपानीमा गएराती प्रहरीले गोली चलाएर १० जना डाँका पक्राउ गरेको छ।

गौशाला, स्वयम्भू, बौद्ध र भक्तपुरमा लुटपाट आतङ्क मच्चाउँदै आएका डाँका समूहलाई गएराती  काठमाडौंको मुलपानीमा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

गोली लागेर लुटेरा समूहका एकजना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि गोली चलाएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रहरी काठमाडौँका एसपी रमेश थापाले बताए । 

प्रहरीले दुई राउन्ड गोली चलाएको हो । प्रहरीले उक्त डाँका समुहका १० जनालाई पक्राउ गरिएको पनि दाबी गरेको छ। उनीहरूलाई नियन्त्रणमा लिने क्रममा दुईजना प्रहरी घाइते भएका छन् ।

उनीहरुले रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट गर्ने गरेको प्रहरीले दाबी गरेको छ। यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया