भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रस्टाचार मुद्दा दायर : झन्डै ६ करोड ७९ लाख रुपियाँ बिगो दाबी

भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रस्टाचार मुद्दा दायर : झन्डै ६ करोड ७९ लाख रुपियाँ बिगो दाबी


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 2.6K
    Shares

पोखरा, १३ माघ २०८२।

चितवनको भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यविरुद्ध ६ करोड ७८ लाख ९१ हजार १५ बिगो कायम गरी गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दायर भएको छ।

आयोगले भरतपुर महानगरका तत्कालीन बरिष्ठ इन्जिनियर आचार्यले सेवामा प्रवेश गरेको समय २०४८ सालदेखि २०८० सम्म कुल १० करोड २९ लाख ९९ हजार दुईसय २६ बराबरको सम्पत्ति आर्जन गरेको देखिएकोमा उनको वैध कमाई तीन करोड ५१ लाख आठ हजार दुईसय १० मात्र देखिएकाले ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

अख्तियारले सो बराबरको रकमको बिगो माग गर्दै आचार्य र उनकी श्रीमती लिली सुवेदीविरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।

प्रतिक्रिया