पोखरा, १३ माघ २०८२।
प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका नेता तथा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका शक्ति बस्नेतसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । सोमबार जाजरकोट निर्वाचन आयोगले पत्र काट्दै तीन दिनभित्र आयोगमा स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
उनले उम्मेदवार मनोनयनका क्रममा पाँच सय रुपैयाँका नोट बाँडिएको श्रव्यदृश्य सामग्री बाहिरिएकाले सत्यसत्य के हो बताउन आयोगले निर्देशन दिएको हो । यस्तो कार्य निर्वाचन आचारसंहिताविपरीत भएको आयोगको ठहर छ ।
नेपाली कम्युनिष्ट पार्टीले आसन्न चुनाबमा क्क्षुनाब जित्न सक्ने निर्वाचन क्षेत्रहरु मध्ये एउटा जाजरकोट पनि एक रहेको त्यस पार्टीका नेता – कार्यकर्ताहरुले जिकिर गर्दै आएका छन्।