निवर्तमान शिक्षा मन्त्री महावीर पुनलाई किताब बेच्नमा रोक!

निवर्तमान शिक्षा मन्त्री महावीर पुनलाई किताब बेच्नमा रोक!


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १३ माघ २०८२
  • 2.8K
    Shares

पोखरा, १३ माघ २०८२।

निर्वाचन आयोगले नेपाल सरकारका निवर्तमान शिक्षा मन्त्री महावीर पुनलाई किताब बेच्नमा रोक लगाएको छ।

नेपाल सरकारको शिक्षा मन्त्री पदबाट राजिनामा दिएर म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवारी दिएका बैज्ञानिक समेत रहेका पुनले यस बारेमा आफ्नो सामाजिक संजालमा त्यस बारेमा जानकारी दिएका छन्।

https://www.facebook.com/share/p/1Dd7jYUom5

उनले आफ्नो सामाजिक संजालमा अघि लेखेका छन्, – “नेपालको निर्वाचन का’नुनले गर्दा किताब बेच्न पाईएन । आचार सं’हितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि बस्तु वा सामान बनाएर बितरण गर्न र बेच्न नपाउने भनेको रहेछ ।
त्यहि कुरामा टेकेर वि’रोधीहरुले मलाई म्याग्दी’मा मेरो आ’त्मकथाको किताव बेच्न पाईँदैन भनेर निर्वाचन आयो’गमा । उजुरी गरेछन् र निर्वाचन आयोगले मलाई नबेच्न भनेको छ। आत्म’कथाको कितावमा मेरो चुनाव चिन्ह “त्रिभुज” छँदै छैन । म त्यो कि’तावको लेखक मात्र हुँ ।

यस बारेमा निर्वाचन आयोगले भने आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन।

🙏

प्रतिक्रिया