चर्को आवाजमा प्याँ-प्याँ र भ्यार्र-भ्यार्र पारेर आतंकित पार्ने मोटरसाइकलहरु नियन्त्रण गर्न पोखरामा ‘अपरेशन ३६५’ शुरु : दुई सय ५२ जना मोटरसाइकल चालकहरु कारबाहीमा

चर्को आवाजमा प्याँ-प्याँ र भ्यार्र-भ्यार्र पारेर आतंकित पार्ने मोटरसाइकलहरु नियन्त्रण गर्न पोखरामा ‘अपरेशन ३६५’ शुरु : दुई सय ५२ जना मोटरसाइकल चालकहरु कारबाहीमा


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १२ माघ २०८२
  • 2.2K
    Shares

पोखरा, १२ माघ २०८२।

जिल्ला प्रहरी कार्यालय कास्कीले चर्को आवाजमा प्याँ-प्याँ र भ्यार्र-भ्यार्र पारेर जनतालाई आतंकित पार्ने तथा स्वरूप परिवर्तन गरिएका मोटरसाइकलहरु नियन्त्रण गर्न अपरेशन फेरि शुरु गरेको छ।

‘अपरेसन ३६५’ नाम दिएर गत असोजदेखि शुरु गरिएको उक्त अभियान अन्तरगत हालसम्म दुई सय ५१ जना मोटरसाइकल चालकहरुलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालयले संयुक्त रूपमा उक्त सञ्चालन गरिरहेका छन्। स्वरुप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही गरिएको डिएसपी बस्नेतले बताए । 

समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने  मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान पश्चात् परिवारको जिम्मा लगाइएको डिएसपी बस्नेतले जानकारी दिए । प्रहरीले यो अभियान निरन्तर सञ्चालन हुने जनाएको छ। 

त्यसैगरि स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिस परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने गरिएको छ। 

प्रतिक्रिया