नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौं जिल्ला अदालतले जलेका मिशिलहरु झिकाउन दियो आदेश

नक्कली भुटानी शरणार्थी प्रकरण : काठमाडौं जिल्ला अदालतले जलेका मिशिलहरु झिकाउन दियो आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ११ माघ २०८२
  • 2.6K
    Shares

पोखरा , ११ माघ २०८२।

काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित जलेका मिशिलहरू प्राप्त गर्न आदेश दिएको छ ।

पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइका लागि आवश्यक मिशिल मगाउन अदालतले आदेश दिएको हो। उक्त मुद्दाको सुनुवाइका क्रममा जिल्ला अदालतले सो प्रकरणसँग सम्बन्धित जलेका मिशिल प्रमाणका रूपमा झिकाउन निर्देशन दिएको जनाएको छ ।

काठमाडौं जिल्ला अदालतमा करिब दुई वर्षदेखि विचाराधीन रहेको भुटानी शरणार्थीसम्बन्धी मुद्दाका केही मिशिल गत भदौ २४ गते भएको आगलागीमा जलेका थिए । त्यसपछि मिशिल पूर्ण रूपमा प्राप्त हुन नसक्दा सुनुवाइ प्रभावित हुँदै आएको थियो ।

आइतबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले अन्तिम सुनुवाइका लागि आवश्यक मिशिलहरू प्रमाणका रूपमा झिकाउने आदेश गरेको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार आगलागीमा जलेका मिशिलमध्ये केही प्रतिवादीसँग सम्बन्धित मिशिल मात्र प्राप्त भएका छन् । सबै मिशिल प्राप्त नभएकाले अदालतले प्रमाण झिकाउने आदेश जारी गरेको उनले जानकारी दिए ।

अदालतले आवश्यक मिशिल प्राप्त भएपछि मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया