पोखरा , ११ माघ २०८२।
नेपाली कांग्रेसले सभापति गगन थापाको उपस्थितिमा जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थगित गरिएको छ । माघ १६ गते कांग्रेस सभापति थापाको उपस्थितिमा चुनावी सभा तय गरिएको थियो ।
निर्वाचन आयोगले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने निर्देशन दिएकाले चुनावीसभा स्थगित गरिएको कांग्रेसको मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।
यद्यपि चुनावी सभाको आगामी मिति तथा कार्यक्रम तालिका समअनुकुल सार्वजनिक गरिने उनले बताए । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए।
कांग्रेसको मधेस प्रदेश समितिको शनिबार बसेको बैठकले माघ १६ गते चिरहोटियामा आमसभा गर्ने निर्णय गरेको थियो।