पोखरा , १० माघ २०८२।
बारामा एक जना कानुन व्यवसायी (वकिल)लाई रामधुलाई भएको छ।
न्याय माग्न आईपुगेकी विवाहित २२ वर्षीया महिलालाई होटलमा लगेर वलात्कार गरेको भेटिए पछि बारा जिल्लाको सिमरामा स्थानीय बासिन्दाले कानुन व्यवसायी एकरामुल हकलाई रामधुलाई गरेका हुन्। कलैया २० बसतपुर गाउँका ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई सिमरा स्थित एक होटलबाटै स्थानीय बासिन्दाले रंगेहात नियन्त्रणमा लिएका बताइएको छ।
सामाजिक संजालमा यति बेला उनलाई रंगेहात होटलबाट बाहिर निकालिएको भिडियो समेत भाइरल भैरहेको छ भने उनलाई कानूनी कारबाहीका लागि प्रहरीको जिम्मा लगाइएको प्राप्त समाचारमा जनाइएको छ।
हकमाथि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए । दुवैको स्वास्थ्य परीक्षण गरी अधिवक्ता हकलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
अधिवक्ता हक बारा जिल्ला अदालतका पूर्ववैतनिक वकिल (कानुन व्यवसायी) हुन् । ती महिलाले आफन्तलाई खबर गरी बोलाएपछि आफन्तले प्रहरीलाई खबर गर्दा होटेलमा छापा हानी रंगेहात पक्राउ गरिएको उनले बताए ।