डा. महाबीर पुनले बल्ल चुनाब चिन्ह ‘त्रिभुज’ पाए

डा. महाबीर पुनले बल्ल चुनाब चिन्ह ‘त्रिभुज’ पाए


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १० माघ २०८२
  • 5.1K
    Shares

पोखरा , १० माघ २०८२।

चुनाब चिन्ह नपाउदै गाउँ – गाउँ पुगेर आफ्नो चुनाब प्रचार शुरु गरेका निवर्तमान शिक्षा मन्त्री डा. महाबीर पुनले बल्ल चुनाब चिन्ह त्रिभुज पाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले अन्य उम्मेदवार समेतलाई चुनाब चिन्ह प्रदान गर्ने क्रममा स्वतन्त्र उम्मेदवार बैज्ञानिक डा. पुनलाई चुनाब चिन्ह त्रिभुज प्रदान गरेको हो।

डा. पुन स्वयमले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै आफुले चुनाब चिन्ह “त्रिभुज” पाएको जानकारी दिएका छन्। साथै उनले आफुलाई चुनाबमा मत दिएर सहयोग गर्न पनि अनुरोध गरेका छन्। https://www.facebook.com/share/p/1BiaHWpsAK

उनले आफ्नो स्टाटसमा “आदरणीय जनसमुदाय, मेरो चुनाव चिन्ह ‘त्रिभुज’ तय भएको जानकारी गराउँदछु। देशको विकास र समृद्धिको यात्रामा मलाई साथ दिन ‘त्रिभुज’ चिन्हमा मतदान गरी विजयी गराउनुहुन हार्दिक अनुरोध गर्दछु।” भनेका छन्।

उनले उम्मेदवारी दिएको अवस्थामा उनको समर्थन गर्दै रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , कुलमान घिसिङ्ग नेतृत्वको उज्यालो पार्टी नेपाल र नेशनल रिपब्लिक नेपाल पार्टीले आफ्नो पार्टीका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराएका छन्।

प्रतिक्रिया