सानोठिमीको बाल सुधारगृहमा गएराती झडप र आगजनी : प्रहरीमाथि नै ढुंगामुडा

सानोठिमीको बाल सुधारगृहमा गएराती झडप र आगजनी : प्रहरीमाथि नै ढुंगामुडा


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०८२
  • 3.7K
    Shares

पोखरा , ९ माघ २०८२।

भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधारगृहमा गएराती दुई पक्षबीच झडप र आगजनी भएको छ ।

बाल सुधार गृहमा राखिएका दुई समूहबीच झडप, आगजनी र तोडफोड भए पछि स्थितिलाई नियन्त्रणमा लिन नसकेपछि सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

झडपको जानकारी पाएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गाना नेतृत्वको टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरेको थियो । झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि नै ढुङ्गामुढा गरेपछि स्थिति झन् तनावपूर्ण बनेको थियो ।

स्थिति नियन्त्रण बाहिर गएपछि सशस्त्र प्रहरी बलबाट ५० जनाको टोली परिचालन गरिएको हो ।

आक्रोशित समूहले मध्यरातमा आगजनी समेत गरेपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।

सुधारगृहमा भएको क्षतिको विवरण आउन बाँकी रहेको थिमि प्रहरी वृत्तले जनाएको छ ।

अहिले स्थिति नियन्त्रणमा आएको भए पनि त्यहाँ बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सानोठिमीस्थित बाल सुधारगृहमा१४५ पुरुष र २४ महिला गरी ६९ जना छन् । फाइल तस्बीर

प्रतिक्रिया