महाबीर पुन चुनाब प्रचार र किताब बेच्दै म्याग्दीका गाउँ-गाउँमा : सदरमुकाम बेनीमा उनको समर्थनमा उम्मेदवारी फिर्ता हुँदै

महाबीर पुन चुनाब प्रचार र किताब बेच्दै म्याग्दीका गाउँ-गाउँमा : सदरमुकाम बेनीमा उनको समर्थनमा उम्मेदवारी फिर्ता हुँदै


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०८२
  • 7.8K
    Shares

पोखरा , ९ माघ २०८२।

शिक्षा मन्त्री हुँदाहुँदै सुटुक्क म्याग्दी पुगेर प्रधानमन्त्रीलाई राजिनामा पठाएका बैज्ञानिक डा. महाबीर पुन यतिबेला चुनाब प्रचार-प्रसार गर्न आफ्ना केही सहयोगी र समर्थकलाई लिएर जिल्लाका ग्रामीण क्षेत्रमा पुगेका छन्।

उनले चुनाब चिन्ह पनि पाएका छैनन्, तर उनी आफूलाई भोट दिन नबिर्सनुस है भन्दै गाउँ-गाउँ डुलिरहेका छन्। उनी भोट मात्र मागिरहेका छैनन्, आफ्नो जवानीमा आधारित भएर लेखिएको किताब किनिदिन आग्रह पनि गरिरहेका छन्। उनले किताब बेचेको पैसा चुनाब खर्चको रुपमा एक सुको पनि खर्च नगर्ने, बीरगंजमा बनिरहेको कृषि औजार कारखाना निर्माणमा खर्चिने विश्वास पनि दिलाई रहेका छन्।

बैज्ञानिक डा. महाबीर पुनको यो हुटहुटी देखेर स्थानीय बासिन्दा उत्साहित देखिएका छन्। म्याग्दी जिल्लामा चुनाब प्रचारको समय शुरु नहुँदै बैज्ञानिक डा. महाबीर पुनको पक्षमा गाउँ-गाउँमा वातावरण बनिरहेको भन्ने भान परेको जस्तो देखिएको छ। यो वातावरण चुनाब प्रचार-प्रसारको समय शुरु भए पछि निरन्तर रहन्छ कि रहदैन ? प्रतिक्षाको बिषय बनिरहेको छ।

एकातिर म्याग्दीका ग्रामिण क्षेत्रहरुमा बैज्ञानिक डा. महाबीर पुनको पक्षमा उत्साह बढिरहेका बेला सदरमुकाम बेनीमा पनि राजनीतिक दलहरु पनि उनको पक्षमा उभिन शुरु गरेका छन्। रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी , कुलमान घिसिङ्ग नेतृत्वको उज्यालो पार्टी नेपाल र नेशनल रिपब्लिक नेपाल पार्टीले डा. पुनको उम्मेदवारीलाई समर्थन गर्दै आफ्नो पार्टीका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता गराएका छन्।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई नेशनल रिपब्लिक नेपाल पार्टीले समर्थन गरेको छ ।

पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका तुलप्रसाद गर्बुजाले स्वतन्त्र उम्मेदवार पुनलाई समर्थन गर्दै आफ्नो उम्मदवारी फिर्ता लिने घोषणा गरेका छन

यसै पार्टीबाट यसअघिका निर्वाचनमा उम्मेदवार बनेका डिके पुन, ओमराज मगर र दिपक पुनले समेत महावीर पुनलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया