एमालेका युवा नेता महेश बस्नेतविरुद्ध रास्वपाले गर्यो जनकपुरधाममा प्रदर्शन

एमालेका युवा नेता महेश बस्नेतविरुद्ध रास्वपाले गर्यो जनकपुरधाममा प्रदर्शन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०८२
  • 6.5K
    Shares

पोखरा , ९ माघ २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता – कार्यकर्ताहरुले धनुषामा नेकपा एमालेका युवा नेता महेश बस्नेत विरुद्ध प्रदर्शन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले बिहीबार बेलुका जिल्लाको सदरमुकाम जनकपुरधाममा महेश बस्नेतविरुद्ध प्रदर्शन गरेका हुन्।

रेको छ । उनीहरुले बस्नेतको तस्वीर पनि जलाएका छन् ।केही दिन अघि बालेन जनकपुरधाम आउँदा मैथिली भाषामा गरेको भाषणमा प्रयोग भएको छौरा शब्दको अनर्थ निकालेर बस्नेतले गरेको टिप्पणी अशोभनीय रहेको भन्दै रास्वपाका नेता, कार्यकर्ताले विरोध गरेको रास्वपाको मधेश प्रदेश र्याट विभाग प्रमुख अम्भु साहले जानकारी दिए ।

उनले कुनै एक भाषाको शब्दको अर्थ अर्को भाषामा फरक हुनु स्वभाविक भएको भन्दै कुनै पनि पार्टीको पदाधिकारीले सो कुरालाई लिएर मजाक बनाउन नहुने बताए ।

एमालेलाई बालेन प्रधानमन्त्री हुने भएको कुरा नपचेकोले टिका टिप्पणी गर्दै हिँडेको रास्वपा र्याट विभाग मधेश प्रदेशका प्रमुख साहले बताए ।

साहले जेनजी आन्दोलनमा एमालेकै कारणले कयौंको हत्या भएको आरोप लगाए ।

प्रतिक्रिया