पार्टी सभापति गगन थापाको हस्ताक्षर भएको सिफारिश पत्र देखाउँदा पनि पुर्व गृहराज्यमन्त्री कंडेलले पश्चिम नवलपरासीमा उम्मेदवारी दर्ता गराउन पाएनन्

पार्टी सभापति गगन थापाको हस्ताक्षर भएको सिफारिश पत्र देखाउँदा पनि पुर्व गृहराज्यमन्त्री कंडेलले पश्चिम नवलपरासीमा उम्मेदवारी दर्ता गराउन पाएनन्


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ९ माघ २०८२
  • 3.7K
    Shares

पोखरा , ९ माघ २०८२।

पूर्व गृह राज्यमन्त्री एबम नेपाली कांग्रेसका नेता देवेन्द्र राज कँडेल (मुन्नाबाबु)ले नवलपरासीमा आफ्नो उम्मेदवारी दर्ता गराउन पाएनन्।

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले हस्ताक्षर गरेको उम्मेद्वारी सिफारिश पत्र देखाउँदा पनि नेता कंडेलले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट आफ्नो उम्मेदवारी दर्ता गराउन नपाएका हुन्।

प्राप्त समाचार अनुसार , नेता कंडेल आफ्नो उम्मेदवारी दर्ता गर्न नवनिर्वाचित पार्टी सभापति गगन थापाको हस्ताक्षर भएको सिफारिश पत्र लिएर पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। उनले उम्मेदवारी दर्ता गर्न कागजात पेश गर्दा कम्प्युटरमा नेपाली कांग्रेसको तर्फबाट भीमबहादुर थापा क्षेत्री (भरत)को उम्मेदवारी दर्ता भइसकेको देखिएपछि निर्वाचन कार्यालयले नेपाली कांग्रेसको तर्फबाट नेता कंडेलको उम्मेदवारी दर्ता प्रक्रिया गर्न नमिल्ने भन्दै फिर्ता गरिदिएको प्राप्त समाचारमा जनाइएको छ।

उम्मेदवारी दिन चाहने पूर्व गृहराज्यमन्त्री कंडेल र उम्मेदवारी दर्ता गराएका भरत थापा दुवै जनाको साथमा नव निर्वाचित पार्टी सभापति गगन थापाको हस्ताक्षर भएको सिफारिश पत्र थियो। तर उम्मेदवारी दर्ता गर्दा भरत थापाले नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी पहिले नै दर्ता गरिदिए पछि नेता कंडेलको उम्मेदवारी दर्ता नभएको प्राप्त समाचारमा जनाइएको छ।

निर्वाचन अधिकृतको कार्यालयले पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट भरत थापाको उम्मेदवारी कायम गरिदिएको छ। पहिला उम्मेदवारी दर्ता गरेका थापाको नाम कायम गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया