घुससहित पक्राउ परेका पोखरा महानगरका तात्कालिन अधिकृत गिरीलाई एक महिना कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय

घुससहित पक्राउ परेका पोखरा महानगरका तात्कालिन अधिकृत गिरीलाई एक महिना कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ माघ २०८२
  • 5.5K
    Shares

पोखरा, ८ माघ २०८२।

विशेष अदालतले पोखरा महानगरपालिकाका तात्कालिन सातौं तहका अधिकृत कपिल गिरीलाई एक महिना कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

पोखराको न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडिबाट गएको चैत ७ गते २५ हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेका तात्कालिन अधिकृत गिरीलाई विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलाशले बुधबार त्यस्तो फैसला सुनाएका हुन्। साथै सोही इजलाशले पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि पनि गिरीलाई आदेश दिएको छ।

तात्कालिन अवस्थामा महानगरको उजुरी फछ्र्योट तथा समन्वय शाखामा कार्यरत गिरीले आफु कार्यरत कार्यालय महानगरपालिकाका कर्मचारीलाई ‘अख्तियारमा परेको उजुरी र प्रमाणहरू मेटाइदिन्छु, सबै मिलाइदिन्छु’ भन्दै शुरु एक लाख मागेकोमा २५ हजार लिदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए।

प्रतिक्रिया