‘फरार अभियुक्त’ हुनबाट जोगिए रबि लामिछाने : पर्सामा एक करोड रुपियाँ धरौटी बुझाएर हानिए चितवन

  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०८२
  • 3.3K
    Shares

पोखरा, ७ माघ २०८२।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने “फरार अभियुक्त” हुनबाट जोगिएका छन्। चुनाबी माहोल तताउन देश दौडाहामा रहेका लामिछाने जिल्ला अदालत पर्साबाट ‘फरार अभियुक्त” हुनबाट जोगिएका हुन्।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधिश रुद्र सुबेदीको मंगलबारको एकल इजलासमा भएको बीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धि मुद्दामा उनी ‘फरार अभियुक्त ” हुन सक्ने अवस्था थियो। उनी आफै अदालतमा उपस्थित भएको अवस्थामा उक्त इजलाशले थुनछेक बहसपश्चात् एक करोड रुपियाँ धरौटी मागेको थियो ।

अदालतले माग गरेको रकम बराबरको बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएर उनी चुनाब प्रचारका लागि चितवन हानिएका छन्। अदालती प्रक्रियामा अल्झिनुपरेकाले लामिछाने मंगलबार चितवनमा आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गर्न जान पाएनन् । उनले वारेसमार्फत मनोनयन दर्ता गरेका थिए ।

पर्सामा एक करोड बुझाएर फर्किए चितवन 
जिल्ला अदालत पर्साले माग गरेको एक करोड धरौटी बुझाएर रवि चितवन फर्किएका छन्। चितवन फर्किनु पहिले उनले आफ्ना अदालती झमेलाबारे सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्।

‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर विडम्बना, यो उत्साहमा म पूर्ण उत्साहित भएर मिसिन सकिरहेको छैन। किनकि आजै देशका तीन वटा (पर्सा, काठमाडौँ र रूपन्देही) अदालतमा मेरो मुद्दाको सुनुवाइ चलिरहेको छ,’ रविले लेखेका छन्, ‘अरू अदालतको आदेश आउँदै होला। पर्सा जिल्ला अदालतबाट म भर्खर निस्किएको छु।’

चितवन–२ मा मनोनयनका लागि कुरिरहेका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध पाप र अत्याचार गरिएको र त्यसको हिसाबकिताब हुने चेतावनी पनि दिए।

‘ममाथि गरेको पाप र अत्याचारको हिसाबकिताब नेपाली जनताले फागुन २१ मा घण्टी बजाएर दिनेछन्। देशका सम्पूर्ण अपराधीहरू एक ठाउँमा जम्मा भएर ममाथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ र लेख्दैछ,’ उनले लेखेका छन्, ‘नभएको प्रमाण छ भन्ने, पापी हौ तिमीहरू। सहकारीको बाटै नहिँडेको मान्छेलाई गनेरै नभ्याइने मुद्दैमुद्दा लगाउने अत्याचारी हौ तिमीहरू। मलाई जिउँदो छोडेर तिमीहरूले एउटा गुन लगाएका छौँ। म तिमीहरू सबैको गुन तिर्छु, चाँडै तिर्छु, बिना प्रतिशोध तिर्छु। फेरि पनि भन्छु म अभिमन्यू होइन।’ 

अदालतमा मंगलबार बयान दिँदा पनि उनले कसुरमा इन्कार गरेका थिए। गोरखा मिडिया नेटवर्क बाहेक कुनै पनि संस्थाहरूसँग आफ्नो सम्बन्ध, सरोकार नरहेको दाबी गर्दै बयान दिएका थिए। कुनै पनि सहकारीबाट गोर्खा मिडियामा रकम ल्याउनेमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै संसदीय छानबिन समितिको प्रतिवेदनले पनि त्यसलाई पुष्टि गर्ने उनले बयानमा भनेका छन्।
 
तर, उनले गोरखा मिडियाको संस्थापक तथा सेयर धनी सदस्य भई २०७७ चैत १ देखि २०७९ असार २ गतेसम्म प्रबन्ध निर्देशक भई काम गरेको देखिएको छ। सहकारीबाट ४ करोड १५ लाख रुपैयाँ आएको र संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा पनि रकम दुरुपयोग भएको पुष्टि हुने दाबी अदालतको छ। २०७८ साउन १९ गते एक करोड ५० लाख सानो पाइलाबाट ऋण लिएको पनि अभिलेखबाट भेटिएको आदेशमा उल्लेख छ। यी प्रमाणहरूलाई आधार बनाउँदै रवि लामिछाने कसुरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको आदेशमा भनिएको छ। 

‘निज रवि लामिछानेबाट एक करोड नगद धरौटी, जेथा जमानत वा बैंक ग्यारेन्टी दिएमा तारेखमा राख्नू। बुझाउन नसकेमा कानुन बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,’ आदेशमा भनिएको छ। 

माग बमोजिम एक करोड धरौटी बुझाएर रवि चितवन फर्किएका छन्। 

चितवन फर्किनु पहिले उनले आफ्ना अदालती झमेलाबारे सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया