कास्की जिल्लामा क – कसले दिए उम्मेदवारी (हेर्नुस सुची)

कास्की जिल्लामा क – कसले दिए उम्मेदवारी (हेर्नुस सुची)


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ माघ २०८२
  • 4.4K
    Shares

पोखरा, ७ माघ २०८२।

आउने फागुन २१ गते हुने चुनावका लागि कास्की जिल्लाको तीन वटा निर्वाचन क्षेत्रमा कुल ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

कास्कीको क्षेत्र नम्बर १ र २ मा १७/१७ र क्षेत्र नम्बर ३ मा १५ जनाले उम्मेदवारी पेश गरेका निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ। 

निर्वाचन अधिकृतको कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार कास्की क्षेत्र नम्बर १ मा एकजना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी विभिन्न दलबाट उम्मेदवारी दिएका हुन्। 

क्षेत्र नम्बर २ मा ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिनेहरु सबैले राजनीतिक दलको प्रतिनिधित्व गरेका छन्।  

क्षेत्र १ मा एमालेबाट बैनबहादुर अधिकारी क्षत्री, नेपाली काँग्रेसबाट तिलक रानाभाट, नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडकराज पौडेल (गनेश) ले उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, उज्यालो नेपाल पार्टीबाट मनीषा द्धा, प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट कर्णबहादुर गुरुङ, राप्रपाबाट बाबुराम थापा र श्रम संस्कृति पार्टीका बिलबहादुर तामाङ लामाले उम्मेदवारी दर्ता गरे ।

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुमार परियार, आम जनता पार्टीका हर्क बहादुर थापा, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपालका यज्ञबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट श्रीमान थापा र नेपाल मानवतावादी पार्टीका आशबहादुर दमैको पनि उम्मेदवारी परेको छ । कृष्णबहादुर राउतले स्वतन्त्र रुपमा उम्मेदवारी दिए । गत निर्वाचनमा यो क्षेत्रबाट एमालेका मनबहादुर गुरुङ विजयी भएका थिए ।

कास्की २ मा नेपाली काँग्रेसतर्फबाट माधवप्रसाद बास्तोला (मधु) र एमालेबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गराएका छन् । संसद्को चौथो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उत्तमप्रसाद पौडेल चुनावी मैदानमा होमिएका छन् भने नेपाली कम्युनिष्ट पार्टीबाट हेमबहादुर थापा पराजुलीको उम्मेदवारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट हेमजंग गुरुङ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) प्रेमबहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल, मंगोल नेशनल अर्गनाइजेसनबाट ओलबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङले मनोनयन दर्ता गराए । यसैगरी, स्वतन्त्रतर्फ ५ जनाले उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवारमा विष्णुप्रसाद तिवारी, रामचन्द्र आचार्य, नीरञ्जन कोइराला, निर्दोषविक्रम पौडेल र वसन्तराज घिमिरे छन् । कास्कीमा २ मा यसअघि विद्या भट्टराईले चुनाव जितेकी थिइन् ।

यस्तै, कास्की ३ मा अघिल्लो पटक चुनाव जितेको एमालेले दामोदर पौडेल बैरागीलाई दोहोर्‍याएको छ । उनलाई काँग्रेसका मनोज गुरुङले टक्कर दिनेछन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनालले उम्मेदवारी दिए । यस्तै, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कमल खड्का विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, मंगोल नेसनल अर्गनाइजेसनका जीवनबहादुर गुरुङ उम्मेदवार छन् ।

साथै, संयुक्त नागरिक पार्टीबाट टेकबहादुर सार्की, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेसनल रिपब्लिक नेपालका तीर्थ गुरुङ, नेपाल जनमुक्ति पार्टीका मीनबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु र श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ मैदानमा छन् । कास्की ३ मा पूरा उम्मेदवारमध्ये ३ जना महिला छन् ।

कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । तीमध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष र १ लाख ६० हजार १ सय ५३ महिला तथा ४ जना अन्य मतदाता छन् । जिल्लाभर १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएको छ ।

प्रतिक्रिया