स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनाग्रस्त : दुई जनाको मृत्यु, चार जना घाइते

स्याङ्जाको वालिङमा ट्रयाक्टर दुर्घटनाग्रस्त : दुई जनाको मृत्यु, चार जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ६ माघ २०८२
  • 5.4K
    Shares

पोखरा, ६ माघ २०८२।

स्याङ्जाको वालिङमा आज दिउसो ट्रयाक्टर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

वालिङबाट ढुङ्गा लिई चापाकोट तर्फ जाँदै गरेको लु ३ त . ५१७३ नम्बरको ट्याक्टर आज दिउसो करीब सवा दुई बजेको समयमा वालिङ नगरपालिका वडा नम्बर -७ धोडेपानी स्थित वालिङ- चापाकोट पक्कि सडकखण्डमा पल्टिएर दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो भने अन्य छ जना घाइते भएका हुन्।

उक्त दुर्घटनामा परेर वालिङ नगरपालिका वडा नमब्र ७ केवरे बस्ने बर्ष ६५ को डोलराज कोईराला र कैलालीकप टिकापुर नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३५ को राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी डिएसपी प्रषन्न्राज चौधरीले जानकारी दिए।

सोही दुर्घटनामा परेर ट्याक्टर चालक नवलपरासीको सरल गाउपालिका वडा नमब्र १ अनन्दनगर बस्ने बर्ष २८ को लाल बहादुर सुनार, कैलाली लम्की नगरपालिका वडा नमब्र ५ पांचचौर बस्ने बर्ष २२ को श्याम चौधरी, सोही ठाउँको बर्ष ३९ को लक्ष्मण चौधरी र दाङको राप्ती गाउपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को हुकुम बहादुर दर्लामी मगर घाइते भएका प्रहरीले जानकारी दिएको छ।

सबै घाईतेहरुलाई तत्काल उद्धार गरेर उपचारको लागि प्राथामिक स्वाथ्य केन्द्र वालिङ पठाइएकोमा त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ।



प्रतिक्रिया