बालेन शाह एकाबिहानै जानकी मन्दिरको आरतीमा देखिए

बालेन शाह एकाबिहानै जानकी मन्दिरको आरतीमा देखिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ५ माघ २०८२
  • 6.4K
    Shares

पोखरा, ५ माघ २०८२।

काठमाण्डौ महानगरपालिकाको मेयर पदबाट राजिनामा दिएका बालेन शाह आज एकाबिहानै जनकपुरस्थित जानकी मन्दिरमा देखिएका छन्। आज बिहान उक्त मन्दिरमा आयोजना गरिएको आरती कार्यक्रममा उनी सहभागी भएका थिए। बालेनको साथमा हालै मात्र रास्वपा प्रवेश गरेका निवर्तमान सांसद अमरेशकुमार सिंह पनि उपस्थित छन् ।

शाहसंगै आज रस्वपाका सभापति रबि लामिछाने लगायतका पदाधिकारीहरु आज जनकपुर पुगेका छन्छ। उनीहरुले आज धनुषाको जनकपुरधाममा आयोजित ‘परिवर्तन उद्घोष सभा’ मा सहभागिता जनाउदैछन। सभामा रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले सम्बोधन गर्ने रास्वपाका नेताहरुले बताएका छन्। 

बालेन श्रद्धाञ्जली सभामा सहभागी हुने
मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको शालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्न बालेन भोलि बिहानी सिराहाको लहान जाने कार्यक्रम तय छ। 

मधेश आन्दोलनको क्रममा सहिद भएकाहरूको स्मृतिमा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ। यही दिनलाई केन्द्रमा राखेर रास्वपाले परिवर्तन उद्घोष सभा आयोजना गरेको हो।

लहानको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भएपछि बालेन जनकपुरधाम फर्किएर दिउँसो १ बजेदेखि तिरहुतिया गाँछीमा आयोजना हुने बृहत सभामा सहभागी हुनेछन्। 

प्रतिक्रिया