पोखरा, ५ माघ २०८२।
गएको भदौ २३ र २४ गते नेपालमा भएको जेन जी आन्दोलन दबाउने भूमिका खेलेको आरोप लागेका काठमाण्डौ जिल्लाका तात्कालिन प्रमुख जिल्ला अधिकारी छबिलाल रिजाल गण्डकी प्रदेशमा प्रदेश सचिवका रुपमा सरुवा भएका छन्।
निर्वाचन आचारसंहिता लागू हुनु अघि सरकारले गरेको संघीय तथा प्रदेश सरकारका आठ जना सहसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णयमा रिजाल गण्डकी प्रदेशको सचिवको रुपमा सरुवा भएका हुन्। रिजाललाई गण्डकी प्रदेश सरकारअन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खटाइएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिजालसहित विभिन्न मन्त्रालय र प्रदेशमा जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ ।
हेर्नुस सरुवा सूची
