पोखरा, ४ माघ २०८२।
ब्यबस्थामा नै हलचल ल्याउने गरी गएको भदौ २३ र २४ गते युवाहरुले गरेको जेन जी आन्दोलनको आवाजलाई उपेक्षा गर्दै नेकपा एमालेले कास्की जिल्लामा बुढा र पाकाहरुलाई आगामी चुनाबका लागि उम्मेदवार बनाएको छ।
शनिबार बसेको एमाले सचिवालय बैठकले युवाहरुको आवाजलाई उपेक्षा गर्दै आसन्न चुनाबमा कास्की जिल्लामा बुढा र पाकाहरुलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
आगामी फाल्गुन २१ गते हुने निर्वाचनमा नेकपा एमालेबाट कास्की जिल्लाको निर्वाचन क्षेर नम्बर १ मा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारे क्षेत्री , निर्वाचन क्षेत्र नम्बर २ मा एमाले केन्द्रीय सदस्य एबम कास्की जिल्ला इन्चार्ज कृष्णबहादुर थापा र निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रका निवर्तमान सांसद दामोदर पौडेल “बैरागी ” लाई उम्मेदवार बनाउने निर्णय भएको प्राप्त समाचारमा जनाइएको छ।
माझठाना गाउँपालिका अध्यक्ष हुँदै जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष बनिसकेका एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रि यसपाली कास्की मिर्वाचन क्षेत्र नम्बर १ बाट एमाले उम्मेदवार बन्ने निश्चित भएको छ। बलियो प्रतिष्पर्धी उम्मेदवार हुनसक्ने नेपाली कांग्रेसमा कलह र बिग्रह भएको अवस्थामा त्यस पार्टीबाट को उम्मेवार बन्छ भन्नेमा प्रतिक्षाको बिषय बनेको छ। नेपाली कांग्रेसको काठमाण्डौमा भएको बिशेष महाधिबेशनमा सक्रिय सहभागिता जनाएका नेपाली कांग्रेस कास्कीका सभापाति किशोरदत्त बराल कास्की क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने हुन् कि सोही बिशेष महाधिबेशनबाट पार्टीको केन्द्रीय सदस्य बनेका कृष्ण केसी उम्मेदवार बन्ने हुन् अथवा अन्य कुनै व्यक्ति उम्मेदवार बन्ने हुन् ? अहिले नै यसै भन्न सक्ने अवस्था छैन। मुलुकको वर्तमान तेश्रो ठुलो पार्टी ठानिएको अहिलेको नेपाली कम्युनिष्ट पार्टी साबिकको नेकपा (माओवादी केन्द्र ) का तर्फबाट कास्की १ मा उम्मेदवार बन्न हानाथाप देखिएको छ। कास्की क्षेत्र नम्बर २ बाट पटक – पटक हार्ने-जित्ने अनुभव गरेका माओवादी केन्द्रका नेता राजकाजी गुरुङ र अर्का नेता दिपक कोइराला कास्की क्षेत्र नम्बर १ मा उम्मेदवार बन्न दौडधुप गरिरहेका छन। कोइराला पनि गण्डकी प्रदेश सभा सदस्य भएर काम गरिसकेका छन्।
थापा पोखरा उपमहान्गरपालिकाको मेयर तथा गण्डकी प्रदेश सभाका सदस्य चयन भएका थिए। पछिल्लो पटक उनले गण्डकी प्रदेश सभाको सदस्य पदबाट राजिनामा दिएर पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका थिए। तर पार्टी भित्रकै अन्तर्घातका कारण पोखरा महानगरपालिकाका वर्तमान मेयर धनराज आचार्यसंग हारेका नेता कृष्ण थापाले “अब आफुले आगामी चुनाबमा उम्मेदवार नबन्ने घोषणा समेत गरेका थिए। तर उनी अहिले कास्की निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको उम्मेदवार बनेर जनतामाझ भोट माग्न जाँदैछन्। उनी झन्डै साढे छ दशक उमेर पार गरिसकेका छन्।
यसपटक थापालाई टक्कर दिन भर्खर नेपाली कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका थापाकै वडाबासी पोखरा १६ का स्थायी बासिन्दा कुमार खड्का कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्दैछन। झन्डै सात दशक उमेद काटिसकेका उनी कास्की निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने शर्तमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको समाचार सोथारुले जानकारी दिएका छन्। क्षेत्री समाजको नेता हुँदै अखण्ड नेपाल पार्टीको अध्यक्ष बनेका खड्का २०७४ सालको चुनाबमा नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेश सभामा चुनाब जितेका थिए। उनी गंदई प्रदेश सभाको सदस्य बनेपछि भौतिक पूर्वाधार मंत्री बनेका थिए , उनी भौतिक पूर्वाधार मन्त्री बन्दा आफु जन्मिएको वडामा करोडौं रुपियाँ बजेट बिनियोजन गराएकाकारण उनलाई धेरैले ‘वडाका मन्त्री’ भनेर टिकाटिप्पणी पनि गरेका थिए।
खड्का नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेका भए पनि सोही पार्टीका तर्फबाट आन्तरिक मामिला मन्त्री बनेका बिन्दु कुमार थापासंग उनको सम्बन्ध राम्रो भएन , उनीहरु बीच झन्डै – झन्डै कुकुर र बिरालाको जस्तै सम्बन्ध रहेको थियो। फल स्वरुप खड्काले २०७९ सालमा भएको चुनाबमा मन्त्री बिन्दु कुमार थापालाई असहयोग गरे। तैपनि थापाले गण्डकी प्रदेश सभामा बिजय हासिल गरेका छन् र उनी अहिले गण्डकी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका छन्। उनले आगामी चुनाबमा पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्।
कास्की निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले निवर्तमान सांसद दामोदर पौडेल बैरागीलाई उम्मेदवार बनाएर निरन्तरता दिएको छ। २०७४ सालको चुनाबमा वडा सदस्य पदमा समेत पराजित भएका बैरागी त्यति बेला वडा सदस्यमा बिजयी बनेको भए जिल्ला समन्वय समितिको अध्यक्ष बन्ने आंकलन गरिएको थियो। उनी वडा सदस्यमा पराजित भए पछि अहिले कास्की निर्वाचन क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार घोषित बैनबहादुर अधिकारी क्षेत्रि जिल्ला समन्वय समितिको अध्यक्ष बनेका थिए।
कास्की निर्वाचन क्षेत्र नम्बर १ मा फरक परिस्थितमा नेपाली कांग्रेसले कसलाई उम्मेदवार बनाउछ ? यसै भन्न सक्ने अवस्था छैन। तर नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट भने तात्कालिन माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्यमा बिजयी बनेर गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री बनेका रामजी प्रसाद बराल नै उम्मेदवार बन्न सक्ने आंकलन गरिएको छ। उनी गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री हुँदा नेपाली जनतालाई दुई सय प्रतिशतसम्म कर थोपरेको भन्दै आलोचित बनेका थिए।