पोखरा , ३ माघ २०८२।
पोखरा , ३ माघ २०८२।
नेपालको पूर्व युवराज्ञी हिमानी शाह र भारतीय प्रम नरेन्द्र मोदीबिच भेट भएको तस्बीर सार्वजनिक भएको छ। उक्त भेट भएको बारे पूर्व युवराज @हृदयेन्द्रशाह को आधिकारिक फेसबुक पेजबाट जानकारी दिइएको छ।
सोहि स्टाटसमा उक्त भेटलाई “सामान्य औपचारिकतामा मात्र सीमित गरेर हेर्नु भूल हुने” उल्लेख गर्दै यो भेटले “नेपालको स्थायित्व, पहिचान र भविष्यबारे क्षेत्रीयस्तरमै गम्भीर चासो लिइँदै गरेको संकेत गर्छ।” भनिएको छ।
नेपाल आज इतिहासकै सबैभन्दा जटिल मोडमा उभिएको, राजनीतिक अस्थिरता, भ्रष्टाचार, दिशाहीन शासन र जनआकांक्षामाथि निरन्तर धोका यी सबैले जनताको भरोसा प्रणालीप्रति लगभग समाप्त गरिसकेको तथ्य अघि सार्दै उक्त स्टाटसमा “जब दलहरू असफल हुन्छन्,जब गणतन्त्र नाम मात्रको खोल बन्छ, जब संविधान जनताको होइन, सत्ताधारीको हतियार बन्छ, त्यतिबेला इतिहासले सधैं एउटा विकल्प बाँकी राखेको ” उल्लेख गरिएको छ।
आज धेरै नेपालीले देशको परिस्थिति बारे बुझिसकेकाले राजसंस्था नै भबिष्य जोगाउने अन्तिम बिकल्प भएको जिकिर गरिएको छ। नेपाललाई प्रयोगशाला होइन, नीतिमा आधारित, स्वाभिमानी र स्थिर राष्ट्र चाहिएको बताइएको छ ।
उक्त स्टाटसमा अघि लेखिएको छ, । अब प्रश्न यो होइन कि राजा फर्किनुहुन्छ कि हुन्न, प्रश्न यो हो—❝देश जोगाउन अब हामीसँग राजा बाहेक अरू के विकल्प बाँकी छ?❞

#राजा_नै_अन्तिम_विकल्प
#नेपाल_बचाऔं
#स्थिरता_र_स्वाभिमान
#HimaniShah
#NepalNeedsStability
#राजसंस्था_पुनर्स्थापना
#राष्ट्रपहिले
#नेपालको_भविष्य
#जनताको_आवाज
#भ्रष्टाचार_विरुद्ध
#राजसंस्थाको_आवश्यकता
#एकता_र_अखण्डता
#देश_डुब्दैछ
#राजा_राष्ट्र_हो
#नेपाल_अब_कहाँ
#SaveNepal
#NationFirst
#RestoreMonarchy
#NepalCrisis
#KingForStability