रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गोरखामा तोडफोड

रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गोरखामा तोडफोड


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २ माघ २०८२
  • 6.3K
    Shares

पोखरा , २ माघ २०८२।

गोरखामा तोडफोड भएको रास्वपाका केन्द्रिय सदस्य प्रकाशचन्द्र परियारको कार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी गोरखामा तोडफोड भएको छ। पार्टी कार्यक्रमको लागि गोरखाको भीमसेनथापा गाउँपालिका–३ पुगेका पारियारको गाडीमा तोडफोड भएको हो।

परियारको गाडी गत राति पार्किङ गरेको स्थानमा तोडफोड भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। प्रहरीले घटनास्थल पुगेर विवरण संकलन गर्नुका साथै घटनामा संलग्नको खोजी शुरु गरेको जनाएको छ।

प्रतिक्रिया