यात्रुले उड्नै लागेको बुद्ध एयरको आपतकालीन ढोका खोलि दिएपछि …… ……… …..

यात्रुले उड्नै लागेको बुद्ध एयरको आपतकालीन ढोका खोलि दिएपछि …… ……… …..


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०८२
  • 4K
    Shares

पोखरा, १ माघ २०८२।

भैरहवाबाट काठमाडौंका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा एक यात्रुले आपतकालीन ढोका खोलेपछि उडान प्रभावित भएको छ ।

बुधबार उडान भर्ने तयारीमा रहेको उडान नं. ८५२ (कल साइन ९ एन(एएमडी) को जहाजमा सवार यात्रु सुमन गौतमले आपतकालीन ढोका खोलेका हुन् ।

बुद्ध एयरका अनुसार, जहाजको ढोका खोल्ने यात्रु गौतमलाई विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । उक्त घटनापछि उडान प्रभावित भएको छ ।

हवाई सुरक्षा मापदण्ड अनुसार आपतकालीन ढोका खोलिएपछि जहाजको विस्तृत प्राविधिक परीक्षण गर्नुपर्ने व्यवस्था छ । जसका लागि काठमाडौंबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ । प्राविधिक टोलीले पूर्ण परीक्षण गरी उडानका लागि सुरक्षित रहेको सुनिश्चित गरेपछि मात्र उक्त जहाजले पुनः उडान भर्नेछ ।

भैरहवा विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार ४० वर्षीय गौतमले इमरजेन्सी ढोका खोलेका थिए । जहाज स्टार्ट भएपछि उड्ने तयारी अवस्थामा विमानको ढोका खोलेपछि तत्काल पाइलटले आपत्ति जनाएपछि अहिले सो विमान भैरहवामै रोकिएको छ । ‘यात्रुले इमरजेन्सी ढोका खोलेपछि समस्या भएको रहेछ, विमानमा त्यो ढोका खोल्नु निकै संवेदनशील विषय हो, अहिले बुद्धले ६ लाखको आर्थिक घाटा परेको भन्दै निवेदन दिएको छ, उनको विषयमा उजुरी परेपछि प्रहरीले छानविन थालेको छ, कतै मानसिक बिरामी हुन् कि भन्ने आशंका पनि छ, त्यो अनुसन्धानले खुल्ला’, उनले भने ।अहिले अरु जहाजको उडान भने नियमित छ ।

प्रतिक्रिया