नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन, गगन सभापति बन्दा को-को चुनिए ? (सूचीसहित)

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन, गगन सभापति बन्दा को-को चुनिए ? (सूचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १ माघ २०८२
  • 3.9K
    Shares

गगन थापालाई सभापतिको माला लगाई दिदै उपसभापति विश्वप्रकाश शर्मा

पोखरा , १ माघ २०८२।

नेपाली कांग्रेसको विशेष महाधिवेशनले सर्वसम्मत रूपमा गगन थापाको नेतृत्वमा एकसय ६६ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गरेको छ ।

पुस २७ गते देखि भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनले १३ पदाधिकारीसहित एकसय ६६ सदस्यीय कार्यसमिति घोषणा गरेको हो ।

नयाँ कार्यसमितिको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्वाचित हुँदा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन्।

सहमहामन्त्रीमा फरमुल्लाह मंसुर (मुस्लिम), उदय शमशेर राणा (खस आर्य), प्रकाश रसाइली (दलित), बहादुर सिंह लामा (आदिवासी–जनजाति), योगेन्द्रसिंह चौधरी (थारु), डिला संग्रौला (महिला), मुक्ताकुमारी यादव (मधेसी), कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र)बाट चयन भएका छन् ।

कांग्रेसमा कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय समितिले मनोनीत गर्ने व्यवस्था छ। ३४ जना केन्द्रीय सदस्य मनाेनीत गर्ने व्यवस्था छ। 

यस्तो छ केन्द्रीय समितिको सूचीः 

प्रतिक्रिया