सिन्धुलीमा सुरक्षा गार्डको हात काटेर नेपाल एसबिआई बैंक लुटियो, कर्मचारीलाई बाँधेर पैसा डकैती

सिन्धुलीमा सुरक्षा गार्डको हात काटेर नेपाल एसबिआई बैंक लुटियो, कर्मचारीलाई बाँधेर पैसा डकैती


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ३० पुष २०८२
  • 7.5K
    Shares

पोखरा , ३० पुष २०८२।

सिन्धुलीको नेपाल एसबिआइ बैंकबाट लुटिएको पैसा जंगलमा भेटियो

 नेपाल एसबिआई बैंकको घ्याङलेख शाखामा मंगलबार साँझ लुटपाट भएको छ। हतियारसहित कालो पोशाकमा आएका लुटेराहरूले जिल्लाको घ्याङलेखस्थित गाउँपालिकामा रहेको शाखा  लुटिएको हो । बेलुकीतिर आएका लुटेराले सुरक्षा गार्डको हात काटिदिएका छन् भने कर्मचारीलाई बाँधेर पैसा लुटेर भागेका छन् ।

डकैतीमा ६ जनाको समूह संलग्न रहेको बैंकका कर्मचारीले बताएका छन्। 
शुरुमा उनीहरुले पेस्तोल देखाएर बैंकका कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। बैंकका सुरक्षा गार्डसहितका कर्मचारी कार्यालय रहेकै छविलाल स्याङतानको घरमा बस्दै आएका थिए। एसपी लालध्वज सुवेदीका अनुसार पेस्तोल देखाएर नियन्त्रणमा लिएपछि सेफ खोल्न लगाएर बोरा र झोलामा पैसा लिएर उनीहरु भागेका थिए। बैंकका सुुरक्षा गार्ड उनीहरुको कुटपिटबाट सामान्य घाइते भएका छन्।

लुटेराको आक्रमणमा परेका बैंकका सुरक्षागार्ड

लुटपाटमा संलग्न ६ जना नै फरार छन्। उनीहरु जंगलतर्फ भागेको बताइएको छ। 

सो समूह मंगलबार बिहान करिब १० बजे बनेपाबाट बोलेरो गाडी रिजर्भ गरेर त्यहाँ पुगेको अनुसन्धानमा खुलेको छ। तर, पैसा लुटेपछि गाडीमा फर्कन सकेनन् । ‘केही तल खोल्चामा गाडी राखेर चालकलाई पनि त्यही राखेको देखिन्छ,’ एसपी सुवेदी भन्छन्,‘गाडीमा फर्कन नसकी जंगलतर्फ भागेको देखिन्छ ।’ गाडीका चालकले केटी भगाउन भनेर बुक गरेर लगिएको थियो। 

घटनामा पेशेवर समूहको संलग्नता देखिएको छ। गाडीका चालकलाई पनि उनीहरूले बनेपाका एक माछा पसलका साउको मोबाइलबाट फोन गरी बोलाएका थिए। बाटोभरी मास्क लगाएको चालकले बताएका छन्। लुटपाटको नेतृत्वमा अन्दाजी ५० वर्षीय व्यक्तिले गरेका थिए। 

१२ जनाको समूह बनाएर आएका लुटेराहरुले पैसा लुटेपछि गाडी नजिकै रहेको जंगलमा छाडेर भागेको जानकारी आयको छ ।

सिन्धुलीमा मंगलबार साँझ लुटिएको तीन करोड १० लाख रुपैयाँध्ये एक करोड ८० लाख १० हजार रुपैयाँ बरामद भएको छ। लुटेरा समूहले जंगलमा छाडेर भागेको अवस्थामा उक्त रकम बरामद भएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए। 

प्रतिक्रिया