पोखरा , २९ पुष २०८२।
नेपाल प्रहरीका १६ जना डिएसपीहरुको एसपीमा बढुवा सिफारिस भएको छ ।
सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले १६ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा पुष्पराज मल्ल, धर्मराज भण्डारी, रविन श्रेष्ठ, दिलिप कुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ रहेका छन् ।यसैगरी, मान बहादुर राई, मोहन बहादुर खाँण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, राम कुमार दानी, छेदीलाल कामती, हरि बहादुर ओली, प्रदिप कुमार सिंह र दिपक कुमार भारती रहेका छन् ।