गायक तथा नायक प्रशान्त तामाङको अल्पायुमै निधन

गायक तथा नायक प्रशान्त तामाङको अल्पायुमै निधन


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २७ पुष २०८२
  • 4.3K
    Shares

काठमाण्डौ, २७ पुष २०८२

गायक तथा नायक प्रशान्त तामाङको ४३ वर्षको उमेरमा आज निधन भएको छ। हृदयघातका कारण उनको आज निधन भएको हो।

इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ ।

पछिल्लो समय दिल्लीमा बस्दै आएका तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ अङ्गालो यो मायाको, किन मायामा, निशानी लगायत नेपाली फिल्म अभिनय गरेका छन् । उनले थुप्रै चर्चित गीत दिएका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । उनले केही नेपाली चलचित्र “गोर्खा पल्टन” लगायतमा अभिनय गर्नुका साथै स्वर पनि दिएका छन् ।

उनले सन् २००७ मा चर्चित टेलिभिजन रियालिटी शो ‘इन्डियन आइडल सिजन ३’ को उपाधि जितेका थिए। यो जितसँगै उनी दक्षिण एसियाली नेपाली भाषी समुदायमा निकै लोकप्रिय बनेका थिए।

इन्डियन आइडलमा आउनुअघि उनी कोलकाता पुलिसमा कार्यरत थिए। उनको पुर्खौली घर नेपाल भए तापनि उनी भारतको दार्जिलिङमा जन्मिएका हुन्।

उनले ‘धन्यवाद’ जस्ता एल्बमहरू सार्वजनिक गरेका छन् र थुप्रै नेपाली तथा हिन्दी गीतहरूमा स्वर दिएका छन्।

प्रतिक्रिया